वडा अध्यक्ष्य परिचय

धर्मराज ताम्राकार एक समाजिक अभियान्ता हुन । कर्णाली प्रदेश कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा नं. १ मा बुवा रने कामी र आमा छम्मा कामीको कोखबाट बि.स २०४८।१२।०८ गते कान्छा छोराको रुपमा जन्म भयो । एउटा दलित , गरिब घर परिवारमा जन्मेका उनको जिबन अभाबै अभाबबाट युवा उमेरमा प्रबेश भयो ।
वडामा पहिलो पटक युवा क्वलब गठन गरि सो वडा स्तरिय जनचेतना युवा क्लब , गाउँ बिकास समिती स्तरिय जनएकता यूवा क्लब बाट सामाजिक अभियानमा लागेका धर्मराज ताम्राकार सांगितिक क्षेत्रमा पनि उत्तिकै शसक्त छन । एउटा गैर सरकारी संस्था कर्णाली एकिकृत ग्रामिण बिकास क्षेत्र (किर्डाक) नेपाल कालिकोटबाट युवा शसक्तिकरण परियोजना ,बाल संरक्षण र कर्णाली गुणस्तरिय शिक्षा अन्तरगत बिभिन्न अभियानमा सामेल हुन्थे किर्डाक नेपालबाट अफ कलास सहजकर्ता ,पारा सामाजिक कार्यकर्ता समेत भए ।
खाँडाचक्र नगरपालिका वडा नं. १ मा कोईरेलगाउँमा रहेको श्री चिनारी आधारभुत बिद्यालयको निजि श्रोत शिक्षक हुदै बि.स २०७० सालमा किर्डाक नेपालको कर्णाली गुणस्तरिय शिक्षा परियोजनाबाट सामाजिक परिचालकको रुपमा परिचित भए
कर्णाली गुणस्तरिय शिक्षा परियोजना समाप्त भए पछि उनि बि.स २०७२ सालमा रेडियो मालिकामा कार्यक्रम संचालकको रुपमा काम गर्न थाले २०७२ साल देखि २०७४ साल सम्म् रेडियो नयाँ कर्णाली कालिकोटमा कार्यक्रम प्रमुखको रुपमा कार्यरत रहे
नेपालमा २०५२ सालबाट शुरुभएको जनयुद्धबाट संघियता आएपछि २०७४ सालको स्थानिय तहको निर्बाचानमा वडा अध्यक्षबाट प्राजय भए ।प्राजय भएपनि उनि दलित कोठाबाट खाँडाचक्र नगर कार्यपालिका सदस्य भए ।
स्थानिय तहको निर्बाचन २०७९ मा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रबाट अध्याधिक बहुमतका साथ वडा अध्यक्षको पदमा बिजयी भए त्यतिबेला उनको प्यानल नै बिजयी भयो । वडा अध्यक्षमा निर्बाचित भैसकेपछि खानेपानी र शुुुसाशनको अभिानमा उनि केन्द्रित भए । खाँडाचक्र नगरपालिकामा नै पहिलो डिजिटल सार्बजनिक सुनुवाईको सुरुवात गरे यो निरन्तर भैरहेको छ । खानेपानी तथा सरसफाईको भभियानमा उनलाई केहि चुनौतिहरु आईरहेका छन ।
सांगितिक क्षेत्रमा पनि उनि परिचित छन हाम्रो नेपाली समाजमा सामाजिक तथा कनुनी अपराधको रुपमा रहेको बाल बिबाह न्युनिकरण सम्बन्धी देउडा कोसेली उनको पहिलो सौगात हो ।
उनको नेपाली नागरिकताको प्रमाण पत्रमा धर्मराज टमटा भएपनि संगितिक बजारमा धर्मराज ताम्राकार नामले उनि चर्चित भए रेडियो नयाँ कर्णाली एफ एम कालिकोटबाट संचालित स्थानिय खस भाषाको कार्यक्रम पौला झल्का कार्यक्रमले चर्चाको शिखरमा लिए संगै उनि ताम्राकार थरले झन चिनिन थाले अहिले पनि ताम्राकार थरले नै चर्चित छन ।
त्यस्तै कोही नपठाउ बाल गृह ,स्थानिय ठाडि भाका ,मेरो खाँडाचक्र ,आलुकाट प्याज भुट , साईलो दाई ,रंगि मन ,राता रुमाल ,जाले रुमाल, लोक दोहोरी गितमा तिम्रो हाँसोले हो ,आखाँको नानी होउ तिमी त लगायतका गितहरु उनका सांगितिक सौगातहरु हुन । प्राय उनका गितहरुमा स्वर शब्द संगित आफ्नै रहेका छन ।
कर्णालीमा बयक्त सामाजिक बिकृति र बिसंगतिको बिरुद्धमा बिभिन्न कार्य अभियानहरु संचालन गदै आईरहेका छन । सामाजिक अन्धबिश्वास जातिय बिभेद ,छाँउपडि प्रर्था को बिपक्षमा अभियानहरु संचालन गर्दै आईरहेका छन । राजनितिमा जातियता ,पार्टी भन्दा पनि बर्गिय र सामाजिक एकता गर्ने गर्नु उनको मुख्य लक्ष्य हो ।