न्यानो कपडा बितरण ,विद्यार्थी खुशी ।

ByDharma Raj Tamata

२०८२ मंसिर २९, सोमबार १९:३९ गते २०८२ मंसिर २९, सोमबार १९:३९ गते २०८२ मंसिर २९, सोमबार १९:३९ गते
Oplus_16908288

 

खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत चिनारी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ।

क्रिसमस डे को उपलक्ष्यमा लगाउ नेपालको सहयोगमा
यस खाडाचक्र न . पा. वडा न १ स्थित चिनारी आधारभुत विद्यालय का ५३ जना वालवालिका र अन्य बृद्ध अपाङ्ग असहाय सिमान्तकृत २२ जना गरी जम्मा ७५ जनालाई न्यानो कपडा वितरण कार्य गरिएको शिक्षक गम्मराज बिकले जानकारी दिए ।

चिसो मौसमका कारण विद्यार्थीहरूको स्वास्थ्य र नियमित पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यले १ नं. वडा कार्यालयको सहकार्यमा र सहयोगी संस्थाको पहलमा न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले चिसो मौसममा विद्यार्थीहरूलाई न्यानो कपडाको आवश्यकता बढी हुने भएकाले यस्तो सहयोगले विद्यार्थीहरूलाई विद्यालय आउन प्रेरणा मिल्ने बताए। उनले सहयोग गर्ने सबै दाताहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे।

न्यानो कपडा प्राप्त गरेपछि विद्यार्थीहरू खुसी देखिएका थिए। अभिभावकहरूले पनि यस प्रकारको सहयोगले आफ्ना बालबालिकाको स्वास्थ्य संरक्षणका साथै अध्ययनमा सकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिएका छन्।

वडा कार्यालयको सहकार्यमा गरिएको यस कार्यक्रमले सामाजिक सद्भाव र सहयोगको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *