कार्यबहाक अध्यक्षको नेतृत्वमा बाटो सरसफाइ ।।

ByDharma Raj Tamata

२०८२ पुष ७, सोमबार ०८:४९ गते २०८२ पुष ७, सोमबार ०८:४९ गते २०८२ पुष ७, सोमबार ०८:४९ गते

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत मान्म बजारको प्रतिमा चोकदेखि पुरानो बसपार्कसम्म जाने मुख्य सडक खण्डसम्मको बाटो सरसफाइ तथा फोहोर व्यवस्थापनसम्बन्धी विशेष अभियान सम्पन्न भएको छ।

कार्यबहाक वडा अध्यक्ष भद्रे कामिको नेतृत्वमा ,प्रशासन सहायक रबिन्द्र बि क ,खानेपानी सहायक ब्यबस्थापक रमेश टमटा ,खानेपानी प्राबिधिक सेर बिक ,महेन्द्र बि क ,वडा कार्यालय सहयोगी बिनोद टमटा लगायतका कर्मचारिको सकृय सहभागितामा सम्पन्न उक्त अभियान अन्तर्गत बाटो छेउछाउमा जथाभावी फालिएका फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। साथै सडकको नाली, फुटपाथ तथा सार्वजनिक स्थानहरूको सफाइ गरी बाटोलाई सफा, सुन्दर र सुरक्षित बनाइएको छ।
उक्त कार्यका क्रममा कार्यबहाक वडा अध्यक्ष भद्रे कामिले सफा वातावरणले नागरिकको स्वास्थ्य संरक्षणका साथै नगरको सौन्दर्य बढाउने भन्दै फोहोर व्यवस्थापनमा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि नियमित सरसफाइ कार्यक्रम सञ्चालन गरिने र फोहोर जथाभावी नफाल्न सबैलाई अनुरोध गर्नुभयो।
स्थानीयवासीहरूले यस्तो अभियानले स्वच्छ, सुरक्षित र व्यवस्थित नगर निर्माणमा महत्वपूर्ण योगदान पुग्ने भन्दै वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका छन्। खाँडाचक्र नगरपालिका वडा नं. १ ले स्वच्छ वडा, सुन्दर नगर निर्माणको लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

वडाले बजार र बजार आसपासका बाटोहरु तथा सरसफाइ अभियानहरु निरन्तर संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *