एकल महिला तथा फरक क्षमता विकास कार्यक्रम’ सम्पन्न

ByDharma Raj Tamata

२०८३ बैशाख १४, सोमबार १५:०८ गते २०८३ बैशाख १४, सोमबार १५:०८ गते २०८३ बैशाख १४, सोमबार १५:०८ गते

कालीकोट, १४ वैशाख (२०८३) ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ मा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि ‘एकल महिला तथा फरक क्षमता विकास कार्यक्रम’ सम्पन्न भएको छ।
खाँडाचक्र नगरपालिका वडा नं. १ को आर्थिक सहयोग र पेड्सन नेपालको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमले फरक क्षमता भएका व्यक्तिहरूलाई समाजको मूल प्रवाहमा ल्याउन र उनीहरूको आन्तरिक सीपलाई प्रस्फुटन गराउने उद्देश्य राखेको थियो।
खाँडाचक्र नगरपालिका वडा नं. १ का वडा अध्यक्ष धर्मराज ताम्राकारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण पेड्सन नेपालका अध्यक्ष रमेश नेपालीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष ताम्राकारले फरक क्षमता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न र उनीहरूलाई आत्मनिर्भर बनाउन वडा कार्यालय सधैं प्रतिवद्ध रहेको बताउनुभयो।
त्यस्तै, सहजकर्ता रमेश नेपालीले अपाङ्गता भएका व्यक्तिहरूलाई दयाको पात्रका रूपमा मात्र नहेरी उनीहरूको क्षमतालाई कदर गर्दै उचित अवसर दिनुपर्नेमा जोड दिनुभयो।
युवा अभियन्ता रविन्द्र बी.सी.ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी र फरक क्षमता भएका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *