सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण गर्नेको संख्या २६२ पुगेको छ । खाँडाचक्र नगरपालिका वडा नं. १ ले श्रावण १ गतेबाट नबिकरण सम्बन्धी सार्बजनिक सुचना गरेपनि बिबिध कारणले भाद्र ५ गतेबाट सुरु भएको सामाजिक सुरक्षा परिचय पत्र नबिकरण को कार्य अन्तीम चरणमा पुगेको छ ।
हाल सम्म जेष्ठ नागरिक र क्षेत्र तोकिएका जेष्ठ नागरिक ११७ ,बालबालिका १०४ ,एकल महिला ३३ , पुर्ण अपांगता ३ ,आंशिक अपांगता ५ जना गरि जम्मा २६२ जनाको सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण भएको हो । जम्मा ३३६ सामाजिक सुरक्षाबाट लाभान्बित मध्य ७४ जना लाभग्राहीको नबिकरण हुन बाकी रहेको छ ।
आर्थिक बर्ष २०८२।०८३ बाट अनिबार्य रुपमा बायोमेट्रीक प्रणालीबाट नबिकरण गर्ने ब्यबस्था भएकाले परिवार सहित रोजगारीको शिलशिलामा भारतमा रहेका लाभग्राहीहरुको नबिकरण छुट्ने देखिएको छ । भत्ता नबिकरण वडा सचिब बिष्णा कुमारी आचार्य र प्रशासन सहायक सुनकेशा शाहीद्धारा भैरहेको छ ।
सामाजिक सुरक्षा भत्ता नियमावली २०७६ को नियम ९ को उपनियम १ मा ब्यस्था भए बमोजिम सामाजिक सुरक्षा भत्ता नबिकरण गर्ने कार्य गरिएको हो ।
सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण गर्ने अन्तिम मिति यहि भाद्र मसान्त सम्म मात्र भएकाले समयमै नबिकरण गर्नु हुन समेत जानकारी गरिन्छ ।