कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत मान्म बजार क्षेत्रमा पर्ने खाद्य ट्यांकीमा आजदेखि खानेपानी मिटर जडान कार्य सुरु गरिएको छ।
खानेपानीको उचित वितरण र अवैध धारा नियन्त्रणका लागि जि.आई. (GI) पाइपद्वारा सेडुल व्यवस्थापन गरी १७ वटा धारामा आज मिटर जडान गरिएको खानेपानी व्यवस्थापन समितिले जनाएको छ। हालसम्म जम्मा ३६ वटा धारा दर्ता भएका छन् भने बाँकी धाराहरूमा शुक्रबार र शनिबारसम्म मिटर जडान कार्य सम्पन्न गरिने जानकारी दिइएको छ।
यसअघि प्लास्टिक सेडुलमा मनपरी प्वाल पारी अवैध रूपमा धारा जडान गर्दा अन्य उपभोक्ताहरूलाई खानेपानी अपुग हुने समस्या देखिएपछि उक्त समस्या समाधानका लागि जि.आई. पाइप प्रयोग गरी सेडुल जोड्ने र मिटर जडान गर्ने कार्य अघि बढाइएको हो।
मिटर जडान कार्यमा खानेपानी व्यवस्थापक भिमराज बि क, प्राविधिक सेर बि क रमेश टमटा, बिनोद टमटा तथा महेन्द्र बि क. सक्रिय रूपमा खटिएका छन्।
खानेपानी व्यवस्थापक भिमराज बि क ले मिटर जडानपछि खानेपानीको दुरुपयोग रोकिने र उपभोक्ताहरूलाई समान रूपमा पानी वितरण गर्न सहज हुने बताउँदै यसपछि मान्म बजार क्षेत्रका अन्य स्थानहरूमा पनि क्रमशः मिटर जडान गरिने जानकारी दिनुभयो।
स्थानीयवासीहरूले मिटर जडान कार्यले खानेपानी व्यवस्थापनमा सुधार आउने विश्वास व्यक्त गरेका
