तिला कर्णाली दोभानमा विश्रामस्थल निर्माण ,स्थानी उत्साहित

ByDharma Raj Tamata

२०८२ चैत्र १४, शनिबार १०:२८ गते २०८२ चैत्र १४, शनिबार १०:२८ गते २०८२ चैत्र १४, शनिबार १०:२८ गते
Oplus_16908288

कालिकोट — खाँडाचक्र नगरपालिका वडा नं. २ स्थित नाक्चा दोभिना पर्यटन विश्रामस्थलको निर्माण कार्य सम्पन्न भएको छ। तिला कर्णाली दोभान क्षेत्रमा निर्माण गरिएको उक्त संरचनाले स्थानीय बासिन्दामा उत्साह थपिएको छ।
पर्यटकीय सम्भावना बोकेको उक्त क्षेत्रमा भवन निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी विश्रामको सुविधा सहज भएको स्थानीयको भनाइ छ। साथै, खाँडाचक्र नगरपालिका वडा नं. १ र २ को दाहासंस्कार स्थलको रूपमा समेत प्रयोग हुँदै आएको यस स्थानमा सामाजिक संस्कारअनुसार रातिको समयमा बस्न सहज हुने व्यवस्था भएपछि स्थानीयवासी थप खुशी भएका छन्।
निर्माण कार्य खाँडाचक्र नगरपालिका वडा नं. २ का स्थानीय युवा मोहन बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो। स्थानीयका अनुसार उहाँकै नेतृत्वमा गुणस्तरीय रूपमा काम सम्पन्न भएको छ।
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित १५ लाख रुपैयाँ बजेटमा उक्त विश्रामस्थल निर्माण गरिएको हो।
वडा अध्यक्ष कबिन्द्र बहादुर शाहीले पर्यटन प्रवर्द्धनसँगै स्थानीय आवश्यकता पूरा गर्ने उद्देश्यले योजना सञ्चालन गरिएको बताउँदै यसले दीर्घकालीन रूपमा क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, निर्माण समितिका अध्यक्ष मोहन बहादुर शाहीले सीमित स्रोतसाधनका बीचमा पनि गुणस्तरीय काम सम्पन्न गरिएको उल्लेख गर्दै स्थानीयको साथ र सहयोगले योजना सफल भएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *