खाँडाचक्र नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
मान्म, कालिकोट
कर्णाली प्रदेश, नेपाल

पत्र संख्या: २०७१/०७२
चलानी नं.: १६८८
मिति: २०७८/०२/२३
ने.स. १९४५ तहखर्च

श्री सरोकारवालासमक्ष,

विषय: भुक्तानी सम्बन्धमा ।

उपर्युक्त सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० उपनियम (७) बमोजिम आर्थिक वर्ष समाप्त हुनु भन्दा कम्तीमा एक साताअगावै भुक्तानी दिने लेखा प्रशासनिक कार्य भुक्तानी निकासा बन्द गर्नु पर्ने कानूनी व्यवस्था भए अनुसार यस कार्यालयबाट भुक्तानी लिन व्यक्ति, फर्म, उपभोक्ता समिति वा निर्माण व्यवासायी वा सरोकारवालाले अन्य निकायवाट चालु आर्थिक वर्ष २०७७/७८ मा भुक्तानीका लागि पारित गरी आएको सम्पूर्ण कागजातहरु यस कार्यालयमा २०७८/०२/३० गतेसम्म भुक्तानी लिन सक्ने गरी बुझाउनुपर्ने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । सो पश्चात आर्थिक वर्ष समाप्त भई बजेट शिर्षक २०७८/०३/०१ गतेबाट बन्द हुने भएकोले २०७८/०२/३० गते राती १२ बजेसम्म यस कार्यालयको लेखा प्रशासन शाखामा फाइल पेश गरी भुक्तानी लिनुपर्नेछ । सो समयमापछि पेश भएको फाइलको भुक्तानी गर्न नसकिने व्यहोरा समेत सूचित गरिन्छ । साथै तोकिएको समयमा फाइल पेश नगरी भुक्तानी पाउन नसकेमा त्यसबाट उत्पन्न हुने कुनै समस्या वा असरको जिम्मेवारी सम्बन्धित पक्ष नै जिम्मेवार हुने व्यवस्था समेत जानकारी गराइन्छ ।

………………………………………
(अशोक भण्डारी)
आर्थिक प्रशासन शाखा प्रमुख

………………………………………
(जसि प्रसाद चौलागाई)
प्रमुख प्रशासनिक अधिकृत

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *