स्थलगत प्रतिबेदनको आधारमा सिफारिस गर्ने ।

ByDharma Raj Tamata

२०८२ भाद्र २०, शुक्रबार ०९:५१ गते २०८२ भाद्र २०, शुक्रबार ०९:५१ गते २०८२ भाद्र २०, शुक्रबार ०९:५१ गते

खाडाचक्र नगरपालिका वडा नं. १ ले स्थलगत अबलोकन गरि मात्र सिफारिस गर्ने भएको छ । अव्यवस्थित बसोबासीहरुको निवेदन मा उल्लेख गरिएको स्थानमा गै वास्तबिकता अध्ययन गर्ने भएको हो ।

मिति २०८२ /४/९ गते ५१ जना अव्यवस्थित बसोबासीहरुलाइ सेतो पुर्जा (निष्सा) वितरण गरि १५ दिने दाबिबिरोध को सुचना समेत भैसकेको छ । दुई जना को दाबिबिरोध समेत परेको छ ।

यहि १८ गते वडा स्थित सम्पुर्ण राजनितिक दलका प्रमुख प्रतिनिधि ,निबेदक ,सरोकारवालाहरुको सयुक्त बैठकले सो निर्णय गएको हो ।

एक कार्यक्रमको आयोजना गरि अब्यबस्थित बसोबासीहरुको निबेदनको आधारमा प्रत्यक्ष स्थलमा गै अबलोकनको आधारमा खाडाचक्र नगरपालिका लाई  सिफारिस गर्ने ,सम्पुर्ण राजनीतिक दलको प्रतिनिधित्व हुने गरि अनुगमन समिती समेत गठन लगायत का विभिन्न निर्णयहरु गएको छ ।

भुमिहीन दलित तथा भुमिहिन सुकुमबासीहरुलाइ जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासिको ब्यबस्थापन प्रयोजनका लागि भुमी समस्या समाधान आयोगको पत्रानुसार उक्त कार्य अगाडि बढाइएको छ ।

भुमिहिन सुकुम्बासीहरुको निबेदन भने परेन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *