खाँडाचक्र नगरपालिका वडा नं. १ ले दशै तिहारलाई मध्यनजर गरि बजार आसपासका बाटाहरु सरसफाई कार्य शुरु गरेको छ । दशै तिहार नजिकिए सँगै नागरिकहरुलाई हिडडुल गर्न सहज होस भन्ने उदेश्यले बाटो सरसफाई कार्य सुरु गरेको छ ।
खाँडाचक्र नगरपालिका वडा नं. १ का जेष्ट वडा सदस्य भद्रे कामी को नेतृत्वमा ,मान्म खानेपानीका ब्यबस्थापक भिमराज बि क ,युवा सञ्जालका रबिन्द्र बि क , कार्यालय सहयोगि बिनोद टमटा लगायतका वडा कार्यालयको टिमद्धारा सरसफाइ कार्य गरिएको छ ।
खाँडाचक्र नगरपालिका नगरपालिका वडा नं. १ मा पर्ने जिल्ला पशु सेवा कार्यालयदेखि कर्णाली राजमार्ग जुम्ला रोड सम्म र पुरानो बसपार्क देखि गाउँ जानेबाटो सरसफाई गरिएको हो ।
बर्खाको समयमा झाडी बडि नागरिकको वावतजावतमा समस्या भएका कारण वडा कार्यालय बाटो सरसफाईमा लागेको छ ।
यो भन्दा अगाडि वडा अध्यक्षको नेतृत्वमा मान्म बजारमा पर्ने प्रतिमा चोक देखि पुरानो बसपार्क सम्म को बाटो मर्मत गरिएको थियो । प्रत्येक बर्ष बर्खाको समयमा यस्ता बाटा र नाली सरसफाईमा वडा कार्यालयका जनप्रतिनिधि आफै झूट्ने गरेका छन ।