खाँडाचक्र नगरपालिका वडा नं. १ स्तरिय युवा क्लबको गठन गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं. १ मा रहेको श्री चिनारी आधारभुत बिद्यालयमा सम्पुर्ण युवाहरुको भेलागरि एक कार्यक्रमका बिच युवा क्लबको गठन गरिएको हो ।
वडामा युवा संगठित भई सामाजका बिभिन्न बिकृति र बिसंगति न्युनिकरण गरि युवा नेतृत्व बिकास गर्ने उदेश्यले युवा क्लबको गठन गरिएको छ ।
भृकुट्टी बि क अध्यक्ष ,शान्ती सुनार उपाध्यक्ष ,बिशाल टमटा सचिब ,अन्जु बि क सहसचिब ,मनराज गोराल कोषाध्यक्ष लगायत १५ सदशिय युवा क्लबको गठन गरिएको छ ।
खाँडाचक्र नगरपालिका वडा नः १ का कार्यबाहाक अध्यक्ष भद्रे कामीको अध्यक्षतामा , प्रशासन सहायक सुनकेशा शाहीको बिषेश उपस्थितीमा पुर्ब युवा क्लबका अध्यक्ष रबिन्द्र बि क को र वडाका युवाहरु ,युवातिहरुको उपस्थितीमा भेला गरि युवा क्लबको गठन गरिएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको युवा क्लब गठन तथा युवा संसद संचालन कार्यबिधि २०७५ अनुसार खाँडाचक्र नगरपालिका वडा नं. १ स्तरिय युवा क्लबको गठन गरिएको हो ।

Dheari ramro but teo chai ali manya vayna kk adhkyxa jiuu
धन्यबाद