काेइरेलगाउँमा फिल्ड निर्माण, स्थानिय युवा उत्साहित ।।

ByDharma Raj Tamata

२०८२ पुष ८, मंगलवार १९:५४ गते २०८२ पुष ८, मंगलवार १९:५४ गते २०८२ पुष ८, मंगलवार १९:५४ गते

१ वडा कार्यालय — खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने चिनारी आधारभूत विद्यालय, कोइरेलगाउँमा खेलकुद तथा सामुदायिक फिल्ड निर्माण सम्पन्न भएपछि स्थानीय युवा तथा सर्वसाधारणमा उत्साह छाएको छ।
लामो समयदेखि आवश्यक मानिँदै आएको खेलमैदान निर्माण कार्य कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँ बजेट अन्तर्गत सामाजिक विकास कार्यालय, कालिकोट (घटिघटाय) मार्फत ठेक्का प्रक्रियाबाट सञ्चालन गरिएको हो।
वडा अध्यक्ष धर्मराज ताम्राकारको पहल र समन्वयमा सम्पन्न भएको फिल्ड निर्माणपछि गाउँका बालबालिका, युवा तथा खेलप्रेमीहरूलाई व्यवस्थित र सुरक्षित खेल मैदान उपलब्ध भएको छ। यसले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै लागूपदार्थ दुर्व्यसन, हिंसा तथा सामाजिक विकृतिबाट टाढा राख्न सहयोग पुग्ने स्थानीयवासीहरूको विश्वास रहेको छ। साथै, उक्त फिल्ड विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रम सञ्चालनका लागि महत्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष धर्मराज ताम्राकारले विकास निर्माणका काम सबै वर्ग, समुदाय र पुस्तालाई समेट्ने खालका हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “युवा, खेलकुद र सामुदायिक एकता नै समृद्ध समाजको आधार हो।” उहाँले आगामी दिनमा पनि वडा भित्र पूर्वाधार विकास, शिक्षा तथा युवामैत्री कार्यक्रमलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।
स्थानीयवासी तथा युवाहरूले फिल्ड निर्माणलाई सकारात्मक र दूरदर्शी कदम को रूपमा लिँदै वडा नेतृत्व, सम्बन्धित निकाय, युवा अभियन्ता तथा सरोकारवालाप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्। निर्माण कार्य समयमै सम्पन्न भई सबैका लागि उपयोगी बनाइने वडा कार्यालयले जनाएको छ।
फिल्डको काम 90% सकिएको छ कार्यक्रम मन्च र फिल्ड पुर्णरुपमा सफा गर्ने कार्य बाकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *