खाँडाचक्र नगपालिकाले नगर प्रहरी ब्यबस्थापन गर्ने भएको छ । खाँडाचक्र नगरकार्यपालिकाको मिति २०८२। कार्तिक ३० गते बसेको बैठकले सो निर्णय गरेको हो ।
नेपालको संबिधान को धारा २२६ र स्थानिय सरकार संचालन ऐन २०७४ को दफा १०२ (१) तथा खाँडाचक्र नगरपालिकाको नगर प्रहरी ऐन २०७८ अनुसार नगर प्रहरी ब्यबस्थापन गर्ने भएको छ ।
बैठकको समापनमा बोल्दै नगर प्रमुख कमल बहादुर शाहीले नगरपालिकालाई समृद्धीको बाटोमा उन्मुख गर्नका लागि नगरप्रहरी नभई नहुने रहेछ अब यस्तै कार्यबाट नगरपालिकालाई बिकास समृद्ध र समुन्नत नगरपालिकाको आधार निर्माण गर्ने बताउनु भएको छ । थप्दै नगरप्रमुख शाहीले खाँडाचक्र नगरपालिका कालिकोट सदरमुकामको नगरपालिका भएकाले केहि साना साना कार्यहरुमा समस्या हुने गरिएको र अब नगरप्रहरीबाट यी सबै समस्या समाधान हुने दाबी गर्नू भयो । बिकासका लागि नगरकार्यपालिकाको सम्पुर्ण टिम सकरात्मक रहेको समेत बताउनु भयो ।
मान्म बजारभित्रको फोहोर मैला ब्यबस्थापन ,आ.ब २०८२।०८३ को बजेट कार्यन्वयन ,जिरो पोईन्टमा भत्कीएको बाटो सुधार ,नगरपालिकाको एम्बुलेन्स संचालन ,बिद्यालय ब्यबस्थापन तथा शैक्षिक सुधार र शिक्षक ब्यबस्थापन ,बिभिन्न ऐन ,कार्यबिधि निर्माण तथा संशोधन ,संघिय र प्रदेश सरकारबाट उपलब्ध योजना र समपुरक,आयोजनाहरुको समयमा ठेक्काको सुचना आबहान गर्ने लगायका बिभिन्न प्रस्ताहरुमाथी छलफल गरि निर्णय गरिएको छ ।
नगर प्रमुख कमल बहादुर शाहीको अध्यक्षता नगर उपप्रमुख गणेश बहादुर शाहीको वडाका अध्यक्ष र कार्यबहाक अध्यक्ष निमित्त प्रमुख प्रशासकिय अधिकृत जशि प्रसाद चौलागाई र अन्य कर्मचारीहरुको उपस्थितीमा बैठक सम्पन्न भएको छ ।
खाँडाचक्र नगपालिकाद्धारा नगर प्रहरी ब्यबस्थापन ,,बिभिन्न निर्णयहरु गर्दै कार्यपालिका बैठक सम्पन्न ।।