खाँडाचक्र नगरपालिका AI डिजिटल नगरपालिका बन्दै “

ByDharma Raj Tamata

२०८२ मंसिर २९, सोमबार २१:५९ गते २०८२ मंसिर २९, सोमबार २१:५९ गते २०८२ मंसिर २९, सोमबार २१:५९ गते
Oplus_16908288

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका आधुनिक सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार गर्दै डिजिटल नगरपालिका तर्फ अघि बढेको छ। नगरपालिकाले नागरिकलाई छिटो, सरल, गुणस्तरीय शुशासनयुक्त र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै लगेको हो।

AI डिजिटल नगरपालिका अवधारणाअन्तर्गत जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ दर्ता, कर तथा राजस्व भुक्तानी, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सूचना प्रकाशन तथा गुनासो व्यवस्थापन प्रणालीलाई अनलाइन तथा AI-आधारित प्रणाली मार्फत सञ्चालन गर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। AI प्रविधिको प्रयोगले नागरिकका सामान्य जिज्ञासाको तत्काल उत्तर, सेवा प्रक्रियाको जानकारी तथा सूचना प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नगरपालिकाले डिजिटल अभिलेख व्यवस्थापन प्रणाली अनलाइन सेवा पोर्टल मोबाइल एप तथा AI प्रविधि क्रमशः लागू गर्दै आएको छ। यसबाट सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घट्नुका साथै समय, खर्च र श्रमको बचत हुने विश्वास लिइएको छ।

नगर प्रमुखका अनुसार AI डिजिटल प्रणालीको प्रयोगले सुशासन, पारदर्शिता र जवाफदेहिता अझ मजबुत हुनेछन्। “प्रविधिको सही उपयोगले नगरवासी र स्थानीय सरकारबीचको दूरी घटाउँदै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँछ,” उहाँले बताउनुभयो।

AI तथा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत खाँडाचक्र नगरपालिका स्थानीय शासन प्रणालीलाई आधुनिक बनाउँदै डिजिटल नेपाल अभियान लाई सफल बनाउने दिशामा अग्रसर हुँदै गएको छ

हाल खाँडाचक्र नगरपालिका लाई डिजिटल प्रबिधिमैत्री वाट वडा एवं नगरपालीका वाट जारी हुने सिफारिसहरुलाई ई-सिफारिस गरेको छ ,,नगर एवम वडाका जनप्रतिनिधि/कर्मचारीहरुले आफ्नै मोबाईल वाट १० सेकेण्ड भन्दा कम समयमा ई-सिफारिस वाट नागरिकहरु लाई २४ सै घण्टामा तुरुन्तै पठाउन सकिने
खाँडाचक्र नगरपालिका हरेक गातिबिधिहरु लाई पारदर्शी डिजिटल एप वाट प्रसारण गरिने
नगरबासिहरुले खाँडाचक्र नगरपालिकाको एप वाट एआई मार्फत सम्पूर्ण गतिबिधि बुझ्न र हेर्न सकिने जस्तै: बजेट, योजना, कर्मचारी उपस्थिति, बैठक, भुक्तानी इत्यादि बारेमा सजिल्यै बुझ्न र हेर्न सकिने
खाँडाचक्र नगरपालिका र सम्पूर्ण वडामा ई-हाजिरी व्यवस्थापन गरिएको छ जहाँ कर्मचारी हाजिरी लाई पारदर्शी गर्न सकिने छ,,कर्मचारी विदा विवरण स्वीकृति इत्यादि हेर्न र बुझ्न सकिने आम नागरिकहरुले
नगरपालिका भित्र रहेका गतिबिधि, सम्झौता, कर्मचारी विवरण, भुक्तानी विवरण, प्रगति विवरण, वडा गतिबिधी इत्यादि हेर्न र बुझ्न सकिने हुँदा आर्थिक अनियमितता मा सुधार हुने अपेक्षा लिएको छ । यो कार्य सबै वडा कार्यालय ,स्वास्थ्य केन्द्र इकाइ मा समेत लागू गरिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *