योजनाको सर्बे सुरु ।।

ByDharma Raj Tamata

२०८२ मंसिर ३, बुधबार २१:०५ गते २०८२ मंसिर ३, बुधबार २१:०५ गते २०८२ मंसिर ३, बुधबार २१:०५ गते

खाँडाचक्र नगरपालिका वडा नं.१ का ३ वटा योजनाको सर्बे गरिएको । वडा र कर्णाली प्रदेश सरकार बाट आर्थिक बर्ष २०८२।०८३ मा संचालन हुने योजनाहरुको सर्बे सुरु गरिएको हो ।
पुरानो बसपार्क देखि मष्टामाणु सम्म पि सिसि बाटो निर्माण ,नैनेपुञ्ज देखि थोराबान्ना सम्म सडक निर्माण , मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेल्केडाडा रतिमोण तटबन्धन र वडाबाट वडा जौ निराग्लो देवता मन्दिर मर्मत लगायतका योजनाहरुको सर्बे गरिएको छ ।
कर्णाली प्रदेश सरकारबाट पुरानो बसपार्क देखि मष्टामाणु सम्म पि सिसि बाटो निर्माण का लागि १५ लाख ,नैनेपुञ्ज देखि थोराबान्ना सम्म सडक मर्मत का लागि १५ लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेल्केडाडा रतिमोण तटबन्धन का लागि १५ लाख र वडाबाट जौ निराग्लो देवता मन्दिर मर्मत लागि ४० हजार बिनियोजना गरिएको छ ।
सर्बेमा खाँडाचक्र नगरपालिकाका ईन्जिनियर रत्न भण्डारी ,सब ओभरसेयर पञ्च शाही ,खाँडाचक्र नगरपालिका वडा नं. १ का प्रशासन सहायक रबिन्द्र बि क ,खानेपानी प्राबिधि महेन्द्र बि क स्थानिय युवा काली बहादुर शाही लगातका ब्यक्तिहरुको उपस्थितीमा सर्बे गरिएको छ ।
कर्णाली प्रदेश सरकारबाट ४० लाखको घटिघटाउ ठेक्कामा सामाजिक बिकास कार्यालय कालिकाटबाट चिनारी आधारभुत बिद्यालयको फिल्ड निर्माण योजनाको काम संचालन भैहिेको छ । थोराबान्ना राली नैनेलपुञ्ज सडकको स्तर उन्नती योजनाको लागि पुर्वाधार बिकास कार्यालय कालिकोट जम्मा ३० लाख घटिघटाउमा ठेक्का आवाहन गरि सम्झौतको संघारमा रहेको छ ।
वडा र कर्णाली प्रदेशबाट बाकि योजनाको सर्बे गर्ने कार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *