मान्म खानेपानीमा मिटर जडान कार्यको थालनी ।।

ByDharma Raj Tamata

२०८२ मंसिर ३, बुधबार २१:०९ गते २०८२ मंसिर ३, बुधबार २१:०९ गते २०८२ मंसिर ३, बुधबार २१:०९ गते

खाँडाचक्र नगरपालिका वडा नंं. १ स्थित टावर ट्यांकीको खानेपानी लाईन मर्मत कार्य सुरु गरिएको छ ।
पहिला देखि उक्त ट्ंकीमा प्वालाष्टिक पाईबाट सेडुल जोडिएका कारण कसैको धारामा खानेपानी जाने र कसैकोमा नजाने ,उपभोक्तबाट लाप्रबाही भएका कारण जि आई पाईपबाट धरा जडान गरिएको छ । टावर ट्यांकीमा २ दिन देखि मर्मत कार्य जारी रहेको छ । जि आई पाईपबाट जम्मा ६९ वटा मिटर सहितका धारा जडान गरिएको छ ।
यो कार्यले पानी पाउने भएपछि त्यहाका उपभोक्ताहरुमा खुशि छाएको छ । त्यहाका उपभोक्ताहरुलाई पानी दिने हरदम अध्यास गरिरहेको र यस पछि खाद्ये ट्यांकिमा पनि यो बिधि लागु गरिने मान्म खानेपानी तथा सरसफाई उपभोक्ता समितीका सचिब रमेश नेपालीले बताउनु भएको छ । त्यसपछि मान्म खानेपानीबाट बितरित सबै मेन लाईनमा जि आई पाईपबाट सेडुल र मिटर जोडिने पनि सचिव नेपालीले बताउनु भयो ।
मान्म खानेपानी तथा सरसफाई उपभोक्ता समितिका ब्यबस्थापक भिमराज बि क ,प्राबिधिक सेर बि क ,रमेश टमटा ,मेहन्द्र बि क र बिनोट टमटा मर्मत कार्यमा खटिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *