पैदलमार्ग योजनाको कार्य सञ्चालन ।।

ByDharma Raj Tamata

२०८२ पुष ७, सोमबार १२:४६ गते २०८२ पुष ७, सोमबार १२:४६ गते २०८२ पुष ७, सोमबार १२:४६ गते

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित पुरानो बसपार्कदेखि मष्टामाणु सम्म जोड्ने पैदलमार्ग योजनाको कार्य सञ्चालनमा आएको छ। उक्त योजना कर्णाली प्रदेश सरकारको सशर्त अनुदानतर्फको १५ लाख रुपैयाँ बजेटबाट निर्माण हुन लागेको हो। योजनाको कार्य उपभोक्ता समितिमार्फत सञ्चालन गरिने जनाइएको छ।
आर्थिक वर्ष २०८०/०८१ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सो क्षेत्रमा सोलिङ गरिएको भए पनि बाटो साँघुरो तथा असहज भएकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो। उक्त समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले सुरक्षित र सहज आवागमनका लागि पैदलमार्ग योजनाको पहल गरेको हो।
यसैगरी, वडा नं. १ अन्तर्गतकै थोराबान्ना–राली–नैनेलपुन्ज सडक योजनाको कार्यसमेत तत्काल सञ्चालन हुने तयारीमा रहेको वडा कार्यालयले जनाएको छ। सडक योजना सञ्चालन भएसँगै स्थानीयवासीको दैनिक आवतजावत सहज हुने, सेवा–सुविधामा पहुँच बढ्ने तथा समग्र पूर्वाधार विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
वडाले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै क्रमिक रूपमा जनजीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरू कार्यान्वयन गर्दै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *