सामाजिक सुरक्षा भत्ता EFT मार्फत भुक्तानी

ByDharma Raj Tamata

२०८२ पुष ७, सोमबार ०९:३० गते २०८२ पुष ७, सोमबार ०९:३० गते २०८२ पुष ७, सोमबार ०९:३० गते

खाँडाचक्र नगरपालिका, कालिकोटले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता को रकम कोष तथा लेखा नियन्त्रण कार्यालय मार्फत EFT (Electronic Fund Transfer) प्रणालीबाट भुक्तानी गरिएको जानकारी गराएको छ।
नगरपालिकाका अनुसार मिति २०८२/०९/०६ मा सामाजिक सुरक्षा भत्ता रकम सम्बन्धित बैंक खातामा पठाइसकिएको छ। यसअनुसार मिति २०८२/०९/०९ गते बुधबारदेखि खाँडाचक्र नगरपालिकाका सबै वडाका सम्बन्धित लाभग्राहीहरूले आफ्नो वडासँग समन्वयमा तोकिएको बैंकमा गई सामाजिक सुरक्षा भत्ता रकम बुझिलिन सक्नेछन्।
नगरपालिकाले लाभग्राहीहरूलाई नागरिकता प्रमाणपत्र, सामाजिक सुरक्षा परिचयपत्र लगायत आवश्यक कागजात साथमा लिएर बैंकमा उपस्थित हुन अनुरोध गरेको छ। साथै कुनै समस्या वा जानकारी आवश्यक परेमा सम्बन्धित वडा कार्यालय वा सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाई मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।
नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमलाई पारदर्शी, सरल र प्रभावकारी बनाउँदै समयमै भत्ता वितरण गर्न निरन्तर प्रयासरत रहेको सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाईका MIS Operator कलम बहादुर शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *