बिद्यालयको फिल्ड निर्माण कार्यको सुरुवात ,स्थानिय युवा खुशि,

ByDharma Raj Tamata

२०८२ कार्तिक ३०, आईतवार २२:५४ गते २०८२ कार्तिक ३०, आईतवार २२:५४ गते २०८२ कार्तिक ३०, आईतवार २२:५४ गते

चिनारी आधारभुत बिद्यालयको फिल्ड निर्माण कार्यको सुरुवात गरिएको छ । खाँडाचक्र नगरपालिका वडा नं. १ कोईरेल गाउँमा पर्ने श्री चिनारी आधारभुत बिद्यालयमा फिल्ड अभाबका कारण बिद्यालयमा संचालन हुने बिभिन्न कार्यक्रम गर्न समस्या भएको र बिद्यालयमा हूने अतिरिक्त क्रियाकलाप र अन्य युवा खेलकुदका कार्यक्रम गर्न सहज होस भन्ने उदेश्यले उक्त योजनाको संचालन ंगर्न लागिएको हो ।
कर्णाली प्रदेश सरकारको ४० लाख बजेटमा सामाजिक बिकास कार्यालय कालिकोट बाट घटिघटाउ ठेक्कामा योजनाको कार्य गर्न लागिएको हो ।
कालिकोट जिल्ला तिलागुफा नगरपालिका निवासी समाजसेवी युवा धर्मराज शाहीले ठेक्का पाए लगत्तै कार्यको सुरुवात गरिएको छ ।
यो भन्दा अगाडि चिनारी आधारभुत बिद्यालयको २ तलामा ५ कोठे भवनको कार्य सम्पन्न भई बिद्यार्थी पठनपाठनमा सहज भएको छ ।
बिद्यालयको फिल्ड निर्माण सँगै घेरवार ,कार्यक्रम मञ्च समेत निर्माण हुने भएको छ । चिनारी आधारभुत बिद्यालयको जिण अबस्थामा रहेको ६ कोठे भवन भत्काई फिल्ड निर्माण हुने भएको छ । योजनाको काम छिटो,गुणस्तरिय र कार्यक्रम गर्न सहज हुने अनुमान गरिएको छ । बिद्यालयको फिल्ड निर्माण हुने भएपछि स्थानिय युवा खुशि भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *